काठमाडौँ : सरकारले दिनेशकुमार घिमिरेलाई सचिवमा बढुवा गरेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
नेपाल प्रशासन सेवा सामूहिकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त एक (सचिव) पदमा घिमिरेलाई बढुवा गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।





