पाकिस्तानले सार्वजनिक गर्‍यो नेपालसँग खेल्ने प्लेइङ–११

२०८० भाद्र १३, बुधबार

काठमाडौं : पाकिस्तानले एसिया कपको उद्घाटन खेलमा बुधबार नेपालसँग खेल्ने टोलीको प्लेइङ–११ सार्वजनिक गरेको छ।

बुधाबर हुने नेपाल र पाकिस्तानबीचको खेलको प्लेइङ–११ सार्वजनिक गरेको हो। पाकिस्तानले अघिल्लो दिननै आफ्नो प्लेइङ ११ सार्वजनिक गरेको हो।

नेपाली समय अनुसार दिउँसो ३ः १५ मा मुल्तान क्रिकेट रंगाशालमा सुरु हुनेछ। नेपालले पहिलोपटक एसिया कप खेल्न लागेको हो। पाकिस्तानसँगको खेलअघि मंगलबार भएको प्रिम्यच कम्फरेन्समा नेपालका कप्तान रोहित पौडेलले भारत र पाकिस्तान दुवैसँग प्रतिस्पर्धात्मक खेल खेल्ने बताएका छन्।

पाकिस्तानको नेपालसँग खेल्ने प्लेइङ ११ः
फखार जमान, इमाम उल हक, बाबर आजम(कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार