काठमाडौँ : सरकारले नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा कैलाशकुमार पनेरुलाई नियुक्त गरेको छ ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले पनेरुलाई महाप्रबन्धकमा नियुक्त गरेको हो ।
सरकारका प्रवक्ता रेखा शर्माले औषधि लिमिटेडको महाप्रबन्धकमा पनेरुलाई नियुक्त गर्ने सरकारले निर्णय गरेको जानकारी दिइन् ।





