पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म बजेट पास हुन सक्दैनः मन्त्री किराँती

२०८० भाद्र १३, बुधबार

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म बजेट पास हुन नसक्ने बताएका छन्। बुधबार काठमाडौंमा टुरिस्ट बस एसोसिएसन अफ नेपालले आयोजना गरेको ‘टुरिस्ट बस नेपाल’ एप्स शुभारम्भ कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

मन्त्री किराँतीले पर्यटन बोर्डको बजेट नसच्चिएसम्म हतारमा पास गर्न नसकिने बताए। उनले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीप्रति लक्षित गर्दै बोर्डको बजेट कमिसनको दुनो सोझाउनको लागि तत्काल आउन नसक्ने जिकिर गरे।

भौतिक संरचना बनाउने काम पर्यटन बोर्डको नभएको उनको भनाइ थियो। उनले पर्यटन क्षेत्रको विकासको लागि भौतिक संरचना निर्माण गर्ने पर्यटन विभाग रहेको भन्दै बोर्डले पर्यटनको प्रवर्द्धन गर्ने बताए। मन्त्री किराँतीले बोर्डको बजेटमार्फत भौतिक संरचनामा बजेट छुट्याएर ५ देखि १० प्रतिशत कमिसनमा बस्ने जमानाको अन्त्य भएको जिकिर गरे।

आफू मन्त्रालयमा रहेसम्म भौतिक संरचना हुने कमिसनको खेल शून्य बनाएर छाड्ने उनको भनाइ थियो। मन्त्री किराँतीले पर्यटनक बोर्डले पर्यटक ल्याउने नाममा ८० देखि ९० करोड रकम युरोप भ्रमणमा खर्च गर्न नपाउने बताए। उनले दुई छिमेकी राष्ट्रको जनसंख्या १३ अर्ब र अर्कोको डेढ अर्ब रहेको भन्दै पर्यटन प्रवर्द्धनको लागि चीन र भारतमा आधा बजेट खर्च गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार