धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले हिन्दु धर्मावलम्बीको विशेष पर्व जनैपूर्णिमा, रक्षाबन्धन तथा नेवार समुदायले मनाउने क्वाँटी पूर्णे र गाईजात्राको उपलक्ष्यमा शुभकामना सन्देश जारी गरेका छन्।
बुधबार जारी शुभकामना सन्देशमार्फत मेयर साम्पाङले धरानवासीमा एकता, सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना पनि गरेका छन्।
धरान उपमहानगरपालिका विभिन्न जातजाती एवं भाषाभाषीको बसोवास रहेको विविधतायुक्त सहर भएको उल्लेख गर्दै उनले सन्देशमा भनेका छन्, ‘यस प्रकारका सांस्कृतिक पर्वहरूले हाम्रा मौलिक रीतिरिवाज र रहनसहनको संरक्षण गर्न थप प्रेरणा प्राप्त हुनेछ भन्ने शुभेच्छा प्रकट गर्दै धरानको विकास र समृद्धिका लागि आपसी सहयोग, सकारात्मक भाव, सहिष्णुता र थप ऊर्जा यो पर्वले दिनेछ भनी हार्दिक शुभकामना व्यक्त गर्दछु।’






