उपेन्द्र यादवको नक्कली फेसबुक पेजबाट अश्लिल तस्बिर अपलोड, साइबर ब्यूरोमा उजुरी

२०८० भाद्र १३, बुधबार

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवको नक्कली फेसबुक पेज बनाइ अश्लिल तस्बिर अपलोड गरिएको भन्दै प्रहरीको साइबर ब्यूरोमा उजुरी दिइएको छ।

उनका निजी सचिव महेश चौरासियाका अनुसार भदौ १३ गते बिहान उक्त नक्कली फेसबुक पेजबाट महिलाका अश्लिल तस्बिर पोष्ट भएका हुन्। उक्त हर्कतले सांसदसमेत रहेका यादवको चरित्र हत्या भएको भन्दै उजुरी गरिएको हो। उजुरीमा उक्त आइडी र त्यहाँ अपलोड अश्लिल सामग्रीको स्क्रिनसट पठाइएको बताइएको छ।

यादवको आफ्नै पेज भने भेरिफाइड रहेकाले नझुक्किन आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार