काठमाडौं : सोमबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ । आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले बढेर १ लाख १३ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ४५० रुपैयाँ कायम भएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला १४ सय ६० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १४ सय ६५ रूपैयाँ कायम भएको छ ।