काठमाडौँ : एसिया कपमा नेपाल र भारतबिचको खेल जारी रहँदा पानी परेपछि खेल फेरि रोकिएको छ।
नेपालले दिएको २ सय ३१ रनको लक्ष्य पछ्याएको भारतले २.१ ओभरको खेल जारी रहँदा पानी परेपछि खेल रोकिएको हो। २.१ ओभरमा भारतले विना विकेटको क्षति १७ रन बनाएको छ।
ओपनर तथा कप्तान रोहित शर्मा ४ र शुभमन गिल ११ रनमा नटआउट छन्।