एउटा भाउजूलाई केही भए सरकार गिर्छ, अर्कोलाई हुँदा सिंहदरबार जल्छ : अमरेशकुमार सिंह

२०८० भाद्र १९, मंगलवार

काठमाडौं : प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले काठमाडौं महानगरका प्रमुख बालेन शाहले सिंहदबार जलाउछु भन्दै दिएको अभिव्यक्तिप्रति कटाक्ष गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणा र बालेनको अभिव्यक्तिलाई लक्षित गर्दै व्यग्य गरेका हुन् ।

उनले भने, ‘इतिहासमा प्रेमिकाको लागि ताज महल बनेको छ । हाम्रो नेपालमा पनि प्रताप मल्लले रानीलाई खुशी पार्नका लागि रानी पोखरी बनाए । खड्ग शमशेरले रानीलाई खुशी पार्न रानीमहल बनाए । सीताको लागि लङ्का जलाए । इतिहासको सबैभन्दा ठूलो युद्ध महाभारत भएको थियो । हामी कता गइरहेका छौं । हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रमा । यता पनि के सुनिन्छ भने एउटा भाउजूलाई केही भयो भने सरकार गिर्छ । केही हुनु हुँदैन । अर्को भाउजूलाई केही भयो भने सिंहदरबार जल्छ । यो हामी कस्तो अभ्यास गछौं ।’

फाँसीवाद र नाजीवादको अभ्यास गरिरहेको उल्लेख गर्दै लोकतान्त्रिक पार्टीहरुको मौन समर्थन रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार