काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले घटेको छ । सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १३ हजार रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले घटेर १ लाख १२ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला १४ सय ६५ रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर १४ सय ४५ रूपैयाँ कायम भएको छ ।