काठमाडौं : मुसलधारे वर्षा र तीव्र हावाको बीचमा टाइफुन हाइकुई अहिले ताइवानको दक्षिणपूर्वी भागमा पुगेको छ। हाल सो क्षेत्रमा १९० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार घरेलु उडानहरू रद्द गरिएका छन् र करिब ४ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। स्कूल र कलेजहरू बन्द गरिएका छन् र कामदारहरूलाई एक दिन बिदा दिइएको छ।
ताइवानको सुदूर दक्षिणपूर्वको पहाडी र थोरै जनसंख्या भएको क्षेत्रमा हाइकुई आँधी आइतवार दिउँसो ठोक्किएको थियो । पछिल्लो चार वर्षमा ताइवानमा सिधै ठोक्किएको यो पहिलो आँधी हो।





