रुपन्देही : नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी नेतृत्वका लागि भएको निर्वाचन मतगणना जारी छ । तीन सय मतगणना गर्दा अध्यक्षका उम्मेदवार हरि रिजालले अग्रता बढाउँदै लगेका छन् ।
रिजालले १६४ मत पाउँदा राधाकृष्ण कँडेलले १३४ मत पाएका छन् । ३० मतले रिजाल अघि छन् । मंगलबार भएको मतदानमा सहभागी कुल १ हजार ५ जना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो । निर्वाचन आयुक्त भोजराज पोखरेलले अन्तिम नतिजा भोलि बिहानसम्म आइसक्ने बताए ।





