एमाले लुम्बिनी प्रदेश अध्यक्षमा कँंडेल २ मतले विजयी

२०८० भाद्र २०, बुधबार

बुटवल : नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् ।

बुटवलको अन्तर्राष्ट्रिय सभाहलमा मंगलवार राति सम्पन्न मतगणनाको परिणामअनुसार अध्यक्षका प्रत्यासी हरि रिजाललाई २ मतले पराजित गर्दै कँंडेल विजयी भएका हुन् ।

विजयी कँंडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य भरत पोखरेलले जानकारी दिए । कँडेललाई उपाध्यक्ष विष्णु पौडेल पौडेल पक्षको समर्थन थियो भने रिजाललाई महासचिव शंकर पोखरेल पक्षको समर्थन थियो ।

प्रदेश अधिवेशन भए पनि यो निर्वाचनलाई एमालेका प्रभावशाली नेताद्वय पौडेल र पोखरेलको शक्ति परीक्षणको रुपमा एमाले भित्र चर्चा भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार