कालोबजारी भएको पाइएमा दोकान बन्द : हर्क साम्पाङ

२०८० भाद्र २०, बुधबार

काठमाडौँ : धरानका मेयर हर्क साम्पाङले चामलमा कालोबजारी नगर्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत चामलको भाउ ह्वात्तै बढेको सुन्नमा आएको उल्लेख गर्दै कालोबजारी नगर्न आग्रह गरेका हुन् ।

कालोबजारी भएको पाइएमा दोकान बन्द गर्ने उनको चेतावनी छ । ‘चामलको भाउ ह्वात्तै बढेको सुन्नमा आएको छ ! अनुगमन गर्न लागेको छु ! कालोबजारी भएको पाइएमा दोकान बन्द,’ उनले भनेका छन्, ‘म यस्तो कुरामा धेरै सोचिरहने र बहस पैरवी गरिरहने मान्छे होइन ! अरू जस्तो नठान्नु ! जय जनता !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार