सामान्य भनाभनपछि धकेल्दा छिमेकीको मृत्यु, ८३ वर्षीय वृद्ध पक्राउ

२०८० भाद्र २१, बिहीबार

ओखलढुङ्गा : ओखलढुङ्गामा हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन्। छिमेकी सोही उमेरका सोमबहादुर अधिकारीको हत्या आरोपमा सुनकोशी गाउँपालिका–८ च्यानम माँझ गाउँका ८३ वर्षीय तिलकबहादुर कटुवाललाई प्रहरीले पक्राउ गरेको हो।

एउटै साल एकै गाउँमा जन्मिएर ८३ औँ वर्ष सहकार्य गरेका दुई छिमेकी वृद्धबीच बुधबार बिहान ८ः३० बजे सामान्य भनाभन भएको थियो। गोठबाट दूध लिएर घर फर्कँदै गरेका अधिकारीलाई कटुवालले धकेल्दा लडेर घाइते भएका थिए। गम्भीर घाइते अधिकारीलाई उपचारको लागि अस्पताल ल्याइएकोमा अस्पताल पुर्‍याएको थियो।

अस्पतालले अधिकारीलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विकास राईले जानकारी दिए। घटनामा संलग्न वृद्धलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। बुधबार साँझ पक्राउ परेका वृद्ध कटवाल प्रहरी हिरासतमा छन्। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार