हिसान तारकेश्वर अध्यक्षमा पुन, सचिवमा ज्ञवाली

२०८० भाद्र २१, बिहीबार

काठमाडौं : तारकेश्वर नगरपालिकामा हिसानको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । एन्जल हार्ट माध्यमिक विद्यालयका अध्यक्ष लिलबहादुर पुनको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको छ । हिसानका काठमाडौं जिल्ला अध्यक्ष शिव अधिकारी को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । जसमा विशेष अतिथिमा जिल्ला सचिव गोपिराज पराजुली रहेका थिए ।

तारकेश्वर नगरपालिकाभित्रका संस्थागत विद्यालयहरुबाट कक्षा ११ र १२ अध्यापन गराउने विद्यालयहरुका प्रिन्सिपल र सञ्चालकहरुको भेलाले एक जना सल्लाहकार सहित ९ सदस्यीय समिति गठन गरेको छ ।

जसमा अध्यक्ष लिलबहादुर पुन, उपाध्यक्षमा कौशल हाई स्कुल तथा कलेजका संस्थापक प्रिन्सिपल शिवप्रसाद अर्याल, सचिवमा प्रारम्भ वल्ड स्कुल तथा कलेजका संस्थापक प्रिन्सिपल कमलप्रसाद ज्ञवाली, कोषाध्यक्षमा ल्याण्डमार्क एकेडेमीका प्रिन्सिपल शुष्मा श्रेष्ठ, सहसचिवमा सेक्रेड हार्ट कलेजका संस्थापक प्रिन्सिपल बद्रीनाथ भट्ट, सहकोषाध्यक्षमा श्रृजना ज्ञानसागर स्कुल तथा कलेजका संस्थापक प्रिन्सिपल राजेन्द्रप्रसाद फुयाँल र सदस्यहरुमा लालीगुराँश नेशनल एकेडेमीका संस्थापक प्रिन्सिपल गोपाल वुढाथोकी, न्यू एरा एकेडेमीका संस्थापक प्रिन्सिपल राजेश रायमाझी, आगमन एकेडेमीका प्रिन्सिपल पुरुषोतम अर्याल सर्वसम्मतीबाट चयन भएका छन् ।

त्यस्तै अधिवेशनले एकजना मात्र सल्लाहकार हिम रश्मी हाई स्कुल तथा कलेजका संस्थापक प्रिन्सिपल लोकेन्द्रबहादुर खड्कालाई निर्वाचित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार