बागमती प्रदेश सभाको बैठक २ महिनापछि आज बस्दै

२०८० भाद्र २४, आईतवार

काठमाडौं : बागमती प्रदेश सभा बैठक आज बस्ने भएको छ। भदौ २० गतेका लागि बोलाइएको बैठक स्थगित भएपछि आजको लागि बैठक आव्हान गरिएको हो।

चालु आथिक वर्षको लागि ल्याइएको बजेटमा सहमति अनुसारको कार्यान्वन नभएपछि विगत २ महिनादेखि बागमती प्रदेशसभाको बैठक बस्न सकेको छैन।

गत असार २१ गते बजेट पास गरेर सकिएको बैठक भदौ १८ गतेको लागि आव्हान गरिएको थियो। बैठकको लागि दलीय सहमति नभएपछि बैठक नै नबसी २० गतेको लागि सारिएको थियो।

तर २० गते पनि बैडक बस्न सकेन। त्यसपछि आज २४ गतेको लागि सभा आव्हान गरिएको छ। २ महिनापछि भदौ १८ गते दिनभर दलका नेताहरुबीच छलफल हुँदा पनि सहमति हुन नसकेपछि बैठक भदौ २० गते बुधबारको लागि तय गरियो। तर, त्यो दिन पनि बैठक बस्न सकेन।

दलहरुबीचको पछिल्लो सहमति अनुसार आज अपराह्न १ बजे प्रदेशसभाको बैठक बस्न लागेको प्रदेश सभा सचिव कृष्णहरी खड्काले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार