माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २० हजार ५३२ जनाले पाए १० कित्ता सेयर

२०८० भाद्र २४, आईतवार

काठमाडौं : माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले कम्पनीको सेयर आज बिहान बाँडफाँट गरेको हो ।

कम्पनीको आईपीओमा कुल १० लाख १६ हजार ७ सय १४ जनाको आवेदन प्राप्त भएको थियो । जस मध्ये ८ लाख ७२ हजार ८ सय ३७ जना आवेदक मात्र सेयर सदर भएको क्यापिटलले जनाएको छ । यस हिसाबमा १ लाख ४३ हजार ८ सय ७७ जना आवेदक सेयर बदर भएको छ ।

कम्पनीको आईपीओमा मागभन्दा बढीको आवेदन परेकोले गोलाप्रथामार्फत सेयर बाँडफाँट गरिएको छ । जस मार्फत १ लाख २० हजार ५ सय ३२ जना आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् भने बाँकी आवेदकको हातखाली भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार