काठमाडौं : आइतबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ । शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले घटेर १ लाख ११ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ३५० रुपैयाँ कायम भएको छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला १४ सय ५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १३ सय ९५ रूपैयाँ कायम भएको छ ।





