पाकिस्तानविरूद्धको ‘रिम्याच’ मा भारतले पहिले ब्याटिङ गर्ने

२०८० भाद्र २४, आईतवार

काठमाडौं : एसिया कप २०२३ अन्तर्गत पाकिस्तान र भारतबीचको सुपर फोरको खेल अहिले सवा तीन बजे सुरु हुँदैछ। श्रीलंकाको कोलम्बोमा पाकिस्तानले टस जितेर पहिले बलिङ रोजेको छ। पहिले ब्याटिङ गर्ने भारतको टिममा एक परिवर्तन भएको छ।

श्रेयस अय्यरको स्थानमा केएल राहुलले स्थान बनाएका छन्। भारत र पाकिस्तानबीच समूह चरणमा पनि प्रतिस्पर्धा भएको थियो। वर्षाले प्रभावित उक्त खेल रद्द भएको थियो। पहिले ब्याटिङ गरेको भारत २६६ रनमा समेटिएको थियो। तर पाकिस्तानले ब्याटिङ सुरु गर्न नपाउँदै खेल वर्षाले रोकिएको थियो।

दुवै टिमले नेपाललाई पराजित गर्दै सुपर फोरमा स्थान पक्का गरेका हुन्। माटोका भाँडा बनाउन कुमालेलाई भ्याइनभ्याइ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार