ई–सेवाको बैंक लिङ्क एकाउन्टबाट भुक्तानी गरेर ३५० सी सी को मोटरसाइकल जित्ने अवसर

२०८० भाद्र २४, आईतवार

काठमाडौँ : नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ई सेवाले लिङ्क गरिएको बैंक खाता मार्फत सिधै भुक्तान गरेर आकर्षक पुरस्कार जित्न सकिने अफर सार्वजनिक गरेको छ ।

ई–सेवा एकाउन्टमा लिङ्क गरिएको बैंक खाता मार्फत भुक्तानी गर्दा दैनिक, साप्ताहिक र मासिक आधारमा आकर्षक पुरस्कार जित्न सकिने अफर सार्वजनिक गरिएको हो । भाद्र २० देखि असोज १८ गतेसम्म सञ्चालन हुने यस अफरमा बम्पर उपहार विजेताले ३५० सी सी को मोटरसाइकल जित्न सक्नेछन् ।

कम्पनीका अनुसार यस योजनामा दैनिक, साप्ताहिक र मासिक पुरस्कारहरू जित्न सकिन्छ । उपहार पुरस्कारहरूको लागि योग्य हुन, सहभागीहरूले योजना अवधिमा उनीहरूको लिङ्क गरिएको बैंक खाताहरू प्रयोग गरेर भुक्तानी गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार