आज बढ्यो सुनचाँदीको मूल्य

२०८० भाद्र २५, सोमबार

काठमाडौं : सोमबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले बढेको छ । आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले बढेर १ लाख १२ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला १३ सय ९५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १४ सय रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार