काठमाडौँ : अमेरिकी नागरिक ज्याकलिनले नेपाली गीत गाएकी छिन्। केहि समय अघि नेपाल आएकी ज्याकलिनले गीतकार लोकराज अधिकारीको शब्द रचना रहेको गीत ‘ए कान्छा एउटा कुरा सुनिदेउ’ बोलको गीत गाएकी हुन्।
गीतमा संगीत गोविन्द मधुर आचार्यले गरेका हुन्। ज्याकलिन सर्ट मुभी निमार्णका लागि नेपाल आएकी थिइन। उनलाई नेपाली बोल्न आउँदैन। तर गीत गाउँदा उनी पर्फेक्ट सुनिएको वरिष्ठ रेकर्डिस्ट तथा ध्वनी सम्पादक कृष्ण पुनले बताए।
म्युजिक बैंक स्टुडियोमा रेकर्ड गरिएको गीतमा पर्यटकले नेपाली सस्कृती, नेपाली भूभाग, नेपाली खाना, नेपाली पन र नेपाली मान्छे मन परेको भाव उल्लेख छ। टेक्सस निवासी ज्याक्लिन चलचित्रको सेट डिजाइनर र ब्युटिसियन पनि हुन। उनी सोमबार अमेरिका फर्किने छिन्।





