नेम्वाङका दुवै छोरा विदेशमा, बुवाको निधन भएपछि स्वदेश फर्किंदै

२०८० भाद्र २६, मंगलवार

काठमाडौं : मंगलबार बिहान हृदयाघातबाट निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङका दुवै छोरा विदेशमा छन्। जेठो छोरा मिङ्सो बेलायतमा छन्। उनी बुधबार दिउँसो मात्र नेपाल आइपुग्ने नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिए।

कान्छो छोरा सुहाङ केही दिन अघिमात्र अस्ट्रेलिया घुम्न गएका छन्। ‘व्यक्तिगत भ्रमणका लागि केही दिनअघि उहाँ अस्ट्रेलिया जानुभएको थियो, आजै बेलुका फर्कनु हुन्छ’, काफ्लेले भने। सुहाङ कानुन व्यवसायी पनि हुन्। उनको ल फर्म पनि छ। नेम्वाङका दुई छोरी पनि छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार