सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने

२०८० भाद्र २६, मंगलवार

काठमाडौं : संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे हुने भएको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले यो निर्णय गरेको हो । सरकारले नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गर्दै अन्त्येष्टिका दिन शोक विदा दिने निर्णय गरेको छ ।

एमालेले पनि शोकमा सबै औपचारिक कार्यक्रमहरू स्थगित गरेको छ । एमालेले पार्टीको झण्डा तीन दिन आधा झुकाउने निर्णय गरेको छ । बेलायतमा रहेका नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ भोलि दिउँसो ४ बजेपछि मात्रै नेपाल आइपुग्दै छन् । १५ दिन अघि अष्ट्रेलिया गएका कान्छा छोरा सुहाङ भने आजै राति ११ बजे काठमाडौं पुग्नेछन् ।

छोराहरू आएपछिमात्रै अन्त्येष्टि गर्ने परिवारले आग्रह गरेका कारण भोलि दिनभर पनि नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यलय च्यासलमा राखिने सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । नेम्वाङका २ छोरी र २ छोरा छन्। छोरीहरू भने काठमाडौंमा नै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार