धरानका उपमेयरको भाइमाथि खुकुरी प्रहार

२०८० भाद्र २६, मंगलवार

धरान : धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र विक्रम बेघाका भाइमाथि खुकुरी प्रहार भएको छ । धरान १५ सुर्यवस्तीमा बेघाका भाइ विष्णु बेघामाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

विष्णुमाथि १५ देखि २० जनाको समूह आएका युवाहरूले घरमै आएर खुकुरी हानेका हुन् । खुकुरी प्रहारबाट बेघाको देब्रेपट्टीको गालामा चोट लागेको छ ।

धरान १५ मा रहेको उपमेयर बेघाको घरमै प्रवेश गरेर युवाहरुको समूहले भाइ विष्णुमाथि खुकुरी प्रहार गरेका थिए । सूर्य बस्तीका एक हुल केटाहरूले कट्टी लिएर बेघालाई खेदाएको स्थानीयले जानकारी दिएका छन् ।

घटना के कारणले भएको हो भनेर अनुसन्धान भइरहेको र खुकुरी प्रहार गर्ने केटाहरूको खोजी कार्य भइरहेको धरान इलाका प्रहरी कार्यालयका डीएसपी नवराज मल्लले बताए ।

उपमेयर बेघाले प्रहरी सेवा चुस्तदुरुस्त हुन नसकेको गुनासो फेसबुकमार्फत गरेका छन् । उनले इलाका प्रहरी कार्यालयका डिएसपी नवराज मल्ललालाई फोन गर्दा पनि प्रहरी समयमा नआएको गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार