राजस्थानमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

२०८० भाद्र २७, बुधबार

भारत : भारतको राजस्थान राज्यमा बस दुर्घटना हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ। राजस्थानको भरतपुरमा ट्रक र बस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा परी कम्तिमा १५ जना घाइते भएका छन्।

बीबीसीका अनुसार गुजरात राज्यको भावनगरबाट मथुरा गइरहेको बस जयपुर–आगरा राजमार्गमा आज बिहान करिब ५ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा परी घाइते भएकाहरूको उपचार स्थानीय अस्पतालमा भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार