सभापतिलाई मात्रै दोष दिएर कांग्रेस बन्दैन : मुख्यमन्त्री पाण्डे

२०८० आश्विन १२, शुक्रबार

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस बनाउन नयाँ पुस्ताका नेता परिर्वतन भएर लाग्नुपर्ने बताएका छन्। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पाण्डेले सभापतिलाई मात्रै दोष दिएर कांग्रेस नबन्ने बताए।

‘अब ७८ वर्ष भएका शेरबहादुर देउवा (सभापतिजी) लाई परिवर्तन गर्छु र कांग्रेस बनाउँछु भन्ने भन्दा पहिले ५९ वर्षको सुरेन्द्र पाण्डे, ४६ वर्षका गगन थापा र ३८, ४० का अन्य नेता अझै धेरै परिवर्तन हुनुपर्‍यो’ शुक्रवार नेपाली कांग्रेस गोरखा नगर समितिले आयोजना गरेको नगरसम्मेलनमा उनले भने।

मुख्यमन्त्री पाण्डेले अर्को चुनाव आउने बेलासम्म पनि गएको चुनावको टिकटको विषयलाई लिएर नअल्झिन सुझाव दिए।
‘अर्को चुनाव आउने बेला भईसक्यो, ३ वर्षपछि अर्को चुनाव हुन्छ। हामी हिजोको टिकट किन छुट्यो भने रोईकराई गरिरहेका छौँ, यो कहिले सम्म गरिरहने रु’, पाण्डेको प्रश्न छ।

यही रोदनमा हुने हो भने अर्को पटक पनि चुनावको टिकट छुट्ने उनको भनाइ थियो। उनले विगतको कमजोरीलाई सुधारेर अगाडि बढ्न सक्नुपर्ने बताए।

वडा सभापतिदेखि केन्द्रीय सभापतिसम्मको अधिकार विधानमा लेखिएको भन्दै उनले हरेक नेता कार्यकर्ताले आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने कांगे्रसको संगठन बलियो हुने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार