भ्रमणले चीनसँगको सम्बन्धलाई थप उचाइ दिएको छ : प्रधानमन्त्री

२०८० आश्विन १३, शनिबार

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणले नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाएको दाबी गरेका छन् ।

एक साता लामो चीन भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी भ्रमणले सम्बन्ध बलियो बनाएको दाबी गरेका हुन् । उनले चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँगको छलफलले आपसी विश्वासलाई थप उचाइ दिएको पनि बताए ।

‘नेपाल र चीनबीच आपसी विश्वास थप सुदृढ भएको छ, ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाएको छ’, उनले भने, ‘चीनका राष्ट्रपति सी चिनफिङ र प्रधनमन्त्री ली छियाङसँगको छलफलले दुई देशबीचको आपसी सम्बन्धलाई थप उचाइ दिएको छ।’

भ्रमणका क्रममा भएका द्विपक्षीय भेटवार्ताका क्रममा विगतमा दुई देशबीच भएका सम्झौता कार्यान्वयनमा दुवै पक्षबाट प्रतिबद्धता व्यक्त भएको उनले बताए। अमेरिकाबाट गत शनिवार चीन गएका प्रधानमन्त्री आज विहान स्वदेश फर्किएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार