सोपमालले लिए भारतको दोस्रो विकेट

२०८० आश्विन १६, मंगलवार

काठमाडौँ : चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले भारतको दोस्रो विकेट लिएको छ । भारतको दोस्रो विकेट नेपाली बलर सोमपाल कामीले लिएका हुन् । उनले भारतीय ब्याट्सम्यान तिलक बर्मालाई दुई रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काए ।

सोमपालले तिलकलाई बोल्ड गरेका हुन् । दोस्रो विकेट गुमाउँदा भारतले ११.४ ओभरमा एक सय ११ रन बनाएको छ ।

त्यसअघि भारतको पहिलो विकेट नेपाली बलर दीपेन्द्रसिंह ऐरीले लिएका थिए । उनले भारतका ओपनर ब्याट्सम्यान रुतुराज गाइकवाडको विकेट लिएका हुन् । भारतले टस जिती पहिलो ब्याटिङको निर्णय लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार