आठ लाख नगद र लागूऔषधसहित पाँच जना पक्राउ

२०८० आश्विन २१, आईतवार

मकवानपुर : मकवानपुर प्रहरीले अवैध बाटो भएर लागूऔषध कारोबार गर्ने पाँच जनालाई नगदसहित पक्राउ गरेको छ । प्रहरीले मनहरी गाउँपालिका–६ नयाँबस्तीबाट नगद ८ लाख रुपैयाँ र प्रतिबन्धित अवैध लागूऔषधसहित ५ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले आइतबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका कैलाश गाउँपालिका–८ का ३१ वर्षीय विकास मोक्तान, ३५ वर्षीय रामबहादुर स्याङ्बो, मनहरी गाउँपालिका–४ रमनटार का ३० वर्षीय रामचन्द्र गोले, २० वर्षीय दलबहादुर मोक्तान र पर्सा जिल्लाको ठोरी गाउँपालिका–८ का ३२ वर्षीय जीतबहादुर चापागाईंलाई सार्वजनिक गरेको हो । मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सीताराम रिजालका अनुसार प्रहरीले नयाँबस्तीस्थित कुमार मोक्तानको घर अगाडि बाटोमा रोकिरहेको प्रदेश ३–०३–००१ प ४५४१ नम्बरको मोटरसाइकललाई जाँच गर्दा ३ वटा बोरा र कालो कपडाको झोलामा लागूऔषध फेला पारेको थियो ।

मोटरसाइकलबाट कोडिन फोस्पेट ओनरेक्स ६०२ बोतल, चरेस २० ग्राम र ८ लाख नगद फेला पारेको उनले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा लिइएकाहरुमाथि अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार