टिभीभित्र सुन लुकाएर ल्याउने व्यक्ति विमानस्थलबाट पक्राउ

२०८० आश्विन २२, सोमबार

काठमाडौं : टेलिभिजनभित्र सुन लुकाएर ल्याउने एक व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

मलेसियाबाट मलेसियन एयरलाइन्समार्फत काठमाडौं आएका सिन्धुलीका नवराज धामी ५१० ग्राम अवैध सुनसहित पक्राउ परेका हुन् ।

सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा सुरक्षा जाँचका क्रममा उनी पक्राउ परेका हुन् ।

अवैध सुन टिभीभित्र लुकाएर ल्याएका धामीमाथि अनुसन्धान जारी रहेको भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डले जानकारी दिए ।

शंका लागेपछि भन्सार कर्मचारीले सोधीखोजी गर्दा धामीले काँचो सुन टिभीभित्र राखेर ल्याएको खुलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार