आजपनि बढ्यो सुनको मूल्य

२०८० आश्विन २३, मंगलवार

काठमाडौँ : अघिल्लो दिन तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार थप ३ सय रुपैयाँले बढ्न पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३ सय रुपैयाँले बढ्दै १ लाख ८ हजार ९ सय रुपैयाँ पुगेको हो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ३ सय रुपैयाँले नै बढ्दै १ लाख ८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घट्दै १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३५ रुपैयाँले बढ्दै १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार