इजरायल र हमासको हिंसामा थाइल्याण्डका १८ नागरिकको मृत्यु

२०८० आश्विन २३, मंगलवार

काठमाडौं : इजरायल र हमासबीच जारी द्वन्द्वमा हालसम्म १८ थाई नागरिकको मृत्यु भइसकेको छ । थाइल्याण्डको विदेश मन्त्रालयले यो जानकारी दिएको हो ।

सोमबार, १२ थाई नागरिकको मृत्यु भएको र ११ अपहरण भएको खबर आयो। यस द्वन्द्वमा इजरायलमा रहेका नेपाली १० विद्यार्थीको पनि मृत्यु भएको छ ।

यस द्वन्द्वमा भारतसँगै अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, क्यानडालगायत पश्चिमी मुलुकले इजरायललाई साथ दिएका छन् । अमेरिकाले मध्यपूर्व सागरमा युद्धपोत पठाएको छ । रुस र चीनले हिंसाको निन्दा गरेका छन् तर प्यालेस्टाइनको स्वतन्त्रताको वकालत पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार