चितवन राष्ट्रिय निकुञ्जमा मृत भेटियो एक सिंगे गैंडा

२०८० आश्विन २४, बुधबार

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडा मृत भेटिएको छ। खोरिया मुहान क्षेत्रमा २५ वर्षको पोथी गैंडा मृत भेटिएको हो। मृत गैंडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

गत २१ गते साँझ नेपाली सेनाको खड्गदल गण र निकुञ्जका कर्मचारीको संयुक्त गस्तीको क्रममा मृत गैंडा भेटिएको हो। भाले गैंडाको आक्रमणबाट पोथीको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको तिवारीले बताए।

यस आर्थिक वर्षमा चितवन निकुञ्ज र मध्यवर्ती क्षेत्रमा ५ वटा गैंडा मरेका छन्। तीमध्ये एउटा सिकारीले मारेको हुनसक्ने अनुमान छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार