एमाले सुदूरपश्चिम अधिवेशन : वचन सिंहले लिए उम्मेदवारी फिर्ता

२०८० आश्विन २४, बुधबार

सुदूरपश्चिम : नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षका लागि उम्मेदवारी दिएका वचन सिंहले उम्मेदवारी फिर्ता लिएका छन्।

बुधबार फेसबुकमा स्ट्याटस लेख्दै सिंहले ‘व्यक्तिगत ईच्छा र आकांक्षाहरूलाई थाँती राख्दै सहमति र सहकार्य’ का लागि उम्मेदवारी फिर्ता लिएको बताएका छन्। यसअघि अध्यक्षमा उम्मेदवारी दिएका कमल तिमिल्सिनाले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए। तिमिल्सिनाले एमाले सुदूरपश्चिमको अध्यक्षमा कृष्णप्रसाद जैशीलाई समर्थन गरेका छन्।

सहमतिमै प्रदेश कमिटीको नेतृत्व चयन गर्न तिमिल्सिनाले उम्मेदवारी फिर्ता लिएको बताएका थिए। एमाले सुदूरपश्चिमको अध्यक्षका लागि ४ जनाले उम्मेदवारी दर्ता गराएका थिए। निर्वाचन प्रक्रिया लम्ब्याएर नेताहरु सर्वसम्मत नेतृत्व छान्न आकांक्षीबीच सहमति जुटाउने अन्तिम कसरतमा छन्।

अब अध्यक्षका दाबेदार कृष्णप्रसाद जैशी र अछामका भरत साउँदको उम्मेदवार कायमै छ। साउद एमाले नेता भीम रावल निकट मानिन्छन्। एमाले सुदूरपश्चिम अध्यक्ष जैशीलाई बनाउने गरी सहमति गराउन नेताहरु छलफलमा व्यस्त छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार