बिहारमा रेल दुर्घटना हुदा ४ को मृत्यु, ८० जना घाइते

२०८० आश्विन २५, बिहीबार

पटना : भारतको बिहारमा रेल दुर्घटना भएको छ। बुधबार राति भएको दुर्घटनामा एक बालिकासहित ६ जनाको मृत्यु भएको र १०० जना घाइते भएको पुष्टि भएको छ।

टुरीगञ्ज र रघुनाथपुर बीचमा यो दुर्घटना भएको हो। रेलका २१ वटा डिब्बा पटरीबाट खसेका हुन्। दुर्घटनास्थलमा विहानैसम्म राहत तथा उद्धार कार्य जारी रहेको थियो। दुर्घटनामा कुल चार जनाको मृत्यु भएको छ भने करिब ८० जना घाइते भएका छन्।

तीमध्ये केहीलाई रघुनाथपुर प्राथमिक स्वास्थ्य केन्द्र, केहीलाई आराह र बक्सर तथा केहीलाई एम्स पटना र आईजीआईएमएस पटनामा भर्ना गरिएको छ। रेल अधिकारीहरू घटनास्थलमा उपस्थित छन्। यो ट्रेन दिल्लीबाट कामाख्या जाँदै थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार