विक्की कौशलले फिल्म ‘छावा’का लागि बढाए १२ केजी तौल

२०८० आश्विन २५, बिहीबार

काठमाडौं : बलिउड अभिनेता विक्की कौशलले आगामी फिल्म ‘छावा’का लागि १२ केजी तौल बढाएका छन्। चलचित्र छावाको छायाँकन अक्टोबर १४ बाट सुरु हुने बताइएको छ। विक्की यस फिल्ममा छत्रपति शिवाजी महाराजका छोरा संभाजी राजेको भूमिकामा देखिनेछन्।

फिल्म ‘छावा’ मराठा योद्धाहरूको गाथा हो। संभाजी राजेले आफ्नो पालामा करिब २ सय १० युद्ध लडेको विश्वास गरिन्छ। छायाँकन सुरु गर्नुअघि नै विक्की कौशलले अष्ट्रेलियामा फेन्सिङ र घोडसवारीको विशेष तालिम लिएका थिए।

विक्की कौशलले फिल्मका लागि १० देखि १२ केजी तौल बढाएका छन्, जसले गर्दा उनी संभाजी महाराजको अग्लो शरीरसँग मेल खान सक्छन्। विक्कीले फिल्मका लागि आफ्नो शारीरिक स्वास्थ्यमा निकै मेहनत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार