इजरायलमा गोली लागेका चौधरी पनि आइपुगे नेपाल

२०८० आश्विन २६, शुक्रबार

काठमाडौँ : प्यालेस्टाइनको हमास समूहले गत शनिबार इजरायलमा गरेको आक्रमणमा परी घाइते भएका कैलालीका धनबहादुर चौधरी स्वदेश फर्किएका छन् । उनी नेपाल एयरलाइन्सको चार्टर विमानमार्फत शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । 

खुट्टामा गोली लागेका उनलाई स्थानीय अस्पतालले डिस्चार्ज गरिदिएपछि  चार्टर विमानमार्फत फर्किएका हुन् । उनी अझै  हिँड्नसक्ने भने भइसकेका छैन । विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले घटनामा बाँचेर फर्किएको बताए । सो घटनामा अन्य १० जना नेपाली विद्यार्थीको हमास समूहको आक्रमणमा निधन भएको हो । 

यस्तै घाइतेमध्ये अर्का एक नेपाली पनि डिस्चार्ज भएका छन् भने अन्य दुई जनाको उपचार जारी रहेको परराष्ट्रमन्त्री एनपी साउदले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार