बारा : जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाले पूर्व नगरप्रमुख डा. कृष्णप्रसाद पौडेलको निधनमा शोक मनाउन आज शोक बिदा दिने निर्णय गरेको छ । उपमहानगरपालिकाका प्रथम नगरप्रमुख पौडेल समाजसेवी तथा सहकारी अभियन्ता समेत हुन् ।
घरमा कोही नभएको अवस्थामा पौडेल बिहीबार आफ्नै घरमा मृत भेटिएका थिए । उनको शव हाल पोष्ट्रमार्टनका लागि वीरगञ्ज स्थित नारायणी क्षेत्रीय अस्पताल लगिएको छ । पौडेल नेकपा एमालेका मधेस प्रदेशका सचिव हुन् ।
पौडेलको निधनमा जीतपुरसिमरा उपमहानगरका नगर प्रमुख राजन पौडेलले शुक्रवार बिहान विज्ञप्ति जारी गरेर पौडेलको निधनमा उपमहानगरभित्र शोक बिदा दिने निर्णय भएको जनाएका छन् ।






