‘गदर २’ हिट भएपछि सनी देओलले बढाए पारिश्रमिक

२०८० आश्विन २९, सोमबार

काठमाडौं : बलिउड अभिनेता सनी देओल अभिनीत फिल्म ‘गदर २’ ले बक्स अफिसमा आक्रमक कमाइ गरेको छ। सनीको यस फिल्मले भारतीय बक्स अफिसमा ५०० करोड भारूबढी कमाइ गरेको छ। ‘गदर २’ हिट भएपछि सनी ‘बोर्डर २’ को तयारीमा छन्।

भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार सनीले ‘बोर्डर २’ का लागि आफ्नो पारिश्रमिक बढाएका छन्। उनले यस फिल्मका लागि ५० करोड भारू लिने बताएका छन्। तर निर्माण टिमले यसबारे आधिकारिक जानकारी दिएका छैनन्।

सनीले ‘गदर २’ को लागि २० करोड भारू पारिश्रमिक लिएका थिए। यसअघि उनी एक फिल्मको पारिश्रमिक ६ करोड भारू लिन्थे। ‘बोर्डर २’ को छायांकन सन् २०२४ देखि सुरू हुने बताइएको छ। यो सनी देओलको सन् १९९७ मा आएको ‘बोर्डर’ को दोस्रो भाग हो। यस फिल्ममा भारत र पाकिस्तानबीचको द्वन्द्व देखाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार