वडाध्यक्ष पुर्पक्षका लागि कारागार चलान

२०८० आश्विन ३०, मंगलवार

ओखलढुङ्गा : बलात्कार आरोपमा पक्राउ परेका ओखलढुङ्गाको सुनकोशी गाउँपालिका –१० का वडाध्यक्ष छविरमण धमला पुर्पक्षका लागि कारागार चलान भएका छन् । 

स्थानीय एक २५ वर्षीय युवतीले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा असोज ५ गते दिएको जाहेरीको आधारमा अनुसन्धानका लागि धमलालाई प्रहरीले पक्राउ गरेको थियो । 

हिरासतमा रहेका धमलालाई ओखलढुङ्गा जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए । धमलालाई कारागारमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
2
+1
1
+1
0
+1
2
+1
0
+1
0

ताजा समाचार