गैरीगाउँको भ्याली पेट्रोल पम्प सिल

२०८० आश्विन ३०, मंगलवार

काठमाडौं : कम परिमाणको इन्धन बिक्री गरेको आरोपमा अनुगमन टोलीले काठमाडौं गैरीगाउँको भ्याली पेट्रोल पम्प सिल गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गुणस्तर तथा नापतौल विभाग, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल आयल निगमको संयुक्त टोलीले पम्पमा अनुगमन गर्दा कम परिमाणमा इन्धन दिएको पाएपछि सिल गरिएको टोलीका एक सदस्यले बताए । ‘निगमले तोकेको बराबरकै मूल्य तोकेर कम मात्रामा तेल दिने गरेको भेटियो’, उनले भने ।

अनुगमन क्रममा टोलीले ३ पटकसम्म तेल भर्न लगाएको थियो । दुई पटकसम्म एक लिटर तेल भर्न लगाउँदा परिमाण नपुगेको पाइएको थियो । मंगलबार संयुक्त अनुगमन टोलीले काठमाडौंका ३ वटा पेट्रोल पम्प अनुगमन गरेको थियो । नयाँ बानेश्वरको थ्रीब्रदर्श पेट्रोल पम्प, ललितपुरको झासा पेट्रोल पम्प र गैरीगाउँको उक्त पम्पमा अनुगमन भएको थियो । जसमध्ये २ वटा पम्पमा भने कैफियत नदेखिएको अनुगमन टोलीले जनाएको छ ।

भ्याली बाबा सप्लायर्सलाई तत्काल इन्धन बिक्रीमा रोक लाग्ने गरी सिल गरिएको र थप कारबाहीका लागि अनुसन्धान जारी राखेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार