यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

२०८० कार्तिक १, बुधबार

काठमाडौँ : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । 

आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९२ पैसा र बिक्री दर १३३ रुपैयाँ ५२ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ ५१ पैसा र बिक्री दर १४१ रुपैयाँ १४ पैसा रहेको छ। 

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ८७ पैसा र बिक्री दर १६२ रुपैयाँ ६० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0

ताजा समाचार