प्रेमिका भेट्न जाँदा एक लाख लुटियो, दुईजना पक्राउ

२०८० कार्तिक १, बुधबार

दाङ : तुलसीपुरमा एक युवक प्रेमिका भेट्न जाँदा लुटिएका छन् । तुलसीपुर उपमहानगरपालिका-८ कृष्ण मन्दिरका १७ वर्षीय दिनेश वली प्रेमिका भेट्न गएका बेला लुटपाटमा परेका हुन् ।

ईप्रका तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोखरेलका अनुसार वलीको साथबाट आज बिहान ११ः४५ बजे एक लाख रूपैँया र एउटा मोबाइल सेट तुलसीपुर ९ दोघरे सशस्त्र बेस क्याम्प नजिकैबाट लुटिएको हो ।

वली एटीएमबाट पैसा निकालेर दशैं बिदामा घर जान लागेकी प्रेमिका भेट्न सशस्त्र क्याम्प नजिकै पातुखोला किनारमा पुगेका थिए । उनलाई लुटपाट गरेको आरोपमा तुलसीपुर ५ नयाँ बसपार्कका १८ वर्षीय सुनिल मगर र २० वर्षीय आयुष विकलाई पक्राउ गरेको छ । दिनेश सँग आयुषले पहिले फोन गर्न मोबाइल मागेको र पछि एकलाख पैसा समेत लुटेर भागेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार