सप्तरी : सप्तरीको डाकनेस्वरी नगरपालिकाका प्रमुख रामलखन मलाह बुधबार दिउँसोदेखि आफ्नै कार्यालयमा घेराबन्दीमा परेको सप्तरी प्रहरी प्रमुख गज्जु सिद्धी बज्राचार्यले जानकारी दिएका छन्। सोही प्रदर्शनको विषयमा स्थलगत रिपोर्टिङ पुग्नुभएका रेडियो नेपालका पत्रकार सञ्जीव विक्रम शाह माथि जनमत पार्टीका कार्यकर्ताले हातपात गरेका छन्।
उनले भने , वडा नम्बर ६ को पोखरी ठेक्का सम्बन्धी विवादमा वडाबासी दिउँसो २ बजेदेखि नगर प्रमुख मलाहलाई नगरपालिका बाहिर निस्कन दिएका छैनन् । यद्यपि नगरपालिका अगाडि भेला भएका स्थानीय बासिन्दाहरु पालिका घेराउ गरेर टायर बाल्दै आन्दोलन सुरु गरेपछि अवस्था तनावपूर्ण बनेपछि सशस्त्र प्रहरीका डीएसपी र नेपाल प्रहरीका प्रहरी निरीक्षकको कमान्डमा तीन दर्जन संख्यामा सुरक्षाकर्मी परिचालन गरिएर नगरपालिकाको वातावरण नियन्त्रणमा रहेको छ ।
हाम्रो विरुद्ध किन समाचार लेखेको भन्दै रिपोर्टिङको क्रममा फिल्डमा रहेको पत्रकारलाई थर्काउँदै जनमत पार्टीका अमरेन्द्र यादव र अनिल यादव पत्रकार साहमाथि हूलहुज्जत गर्दै एकाएक हातपात गरेको डाक्नेश्वरी नगरपालिकाका नगरप्रमुख राम लखन मलाहले बताए ।
सप्तरीमा कहिले कार्यालयहरुमा चन्दाको बाहना डिभिजन प्रमुख माथि दुर्व्यवहार त कहिले सीमामा लागुऔषध ओसारपसारमा संलग्न रहँदै आएको जनमत पार्टीका कार्यकर्ताहरु दिनानुदिन अराजक बन्दै गएको नेपाली कांग्रेस सप्तरीका सचिव सनत मण्डल बताउछन् ।
सप्तरी क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा सदस्य जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउत बुधबार सप्तरीमै रहँदा उहाँका कार्यकर्ताहरुले पत्रकारमाथि हातपात गर्नु अराजकता मात्रै नभई जनमत पार्टीले जिल्लामा अपराध र अराजकता फैलाउने संकेत देखिएको सप्तरी प्रहरी प्रमुख गज्जु सिद्धी बज्राचार्यले भने ।
पोखरी ठेक्काको बारेका स्थानीयले नगरपालिका विरुद्ध प्रदर्शनको रिपोर्टिङ गर्न पुगेका पत्रकार साहलाई जनमतका कार्यकर्ताले समाचारको विषयलाई लिएर पत्रकारमाथि लक्षित गरेरै आक्रमण गरेको जनमत पार्टीका जिल्ला इन्चार्ज रामगमन साहलाई उद्धृत गर्नुहुँदै सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जनाए ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सदस्य समेत रहेका साहमाथि भएको आक्रमणको महासंघ सप्तरी शाखाले भत्र्सना गरेको छ। प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउने राजनीतिक दलकै कार्यकर्ताबाट पत्रकार असुरक्षित हुनु दुःखद भएको महासंघले जनाएको छ।





