काठमाडौं : नेपाली कांग्रेसले कोजागत पूर्णिमाको दिन चियापान कार्यक्रम राखेको छ। कात्तिक ११ गते पार्टी कार्यालय सानेपामा शुभकामनाको कार्यक्रम राखिएको छ।
दसैँ, तिहार, नेपाल सम्वत्, छठ लगायत पर्वहरूको अवसरमा शुभकामना दिन चियापान राखिएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए। ४७ वर्षअघिदेखि सुरु गरिएको चियापान यसवर्ष पनि जारी राख्ने सबै तयारी पूरा भएको उनले बताए।
दिउँसो १ बजेदेखि सुरु हुने चियापान कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, प्रमुख राजनीतिक दलका शीर्ष नेता, विदेशी निकायका प्रमुखहरु, कुटनीतिक निकाय लगायतलाई निमन्त्रणा गरिसकेको पौडेलले जानकारी दिए। १५ हजार बढी कार्यक्रममा उपस्थित हुने उनले दाबी गरे।





