बोनस नदिएको भन्दै सीजी ब्रुअरीका मजदुरले कुटे उच्च व्यवस्थापनका कर्मचारी

२०८० कार्तिक २, बिहीबार

काठमाडौं : सीजी ब्रुअरीमा दसैं बोनस नदिएको भन्दै मजदुरले उच्च व्यवस्थापनका कर्मचारीलाई कुटपिट गरेका छन्। चौधरी ग्रुप अन्तर्गतको नवलपरासीमा रहेको उद्योगमा विहीबार मजदुरले बोनस नपाएको भन्दै व्यवस्थापनका अधिकारीमाथि कुटपिट गरेका हुन्।

समूहले अर्थतन्त्र मन्दीबाट गुज्रिएको र शिथिल बजारका नोक्सानीमा रहेको कम्पनीसँग बोनस माग्दै कुटपिटमा उत्रिनु निन्दनीय भएको विज्ञप्तिमार्फत जनाएको छ।

देशको अर्थतन्त्र मन्दीबाट गुज्रिरहेको, बजार शिथिल बनेको र कम्पनीहरू न्युन क्षमतामा संचालन भई अस्तित्व रक्षाका लागि संघर्ष गरिहेको अवस्थामा ब्रुअरीमा कार्यरत मजदुरहरूले अनाधिकृत माग अगाडि गर्दै व्यवस्थापनका अधिकारीहरूमाथि कुटपिट गर्ने, अभद्र व्यवहार गर्ने र औद्योगिक शान्ति खलबल्याउने जस्ता गतिविधि निन्दनीय छन, विज्ञप्तिमा भनिएको छ।

समूहले कम्पनीले देशको आर्थिक अवस्था सहज रहेको अवस्थामा मजदुरलाई ६ महिनासम्मको बोनस वितरण गरेको जिकिर गर्दै अहिले बिक्रीमा २५ प्रतिशत ह्रास आउँदा पनि रोजगारी कटौती लगायत कुनै काम नगरेको जनाएको छ।

समूहले आफ्ना असहमतिलाई शान्तिपूर्ण वार्ताको माध्यमबाट अगाडि सारिनुपर्नेमा कुटपिट, ढुंगामुढा र कार्यालय तोडफोड गर्ने अराजक गतिविधि सैह्य नहुने स्पस्ट पार्दै कानुनी कारवाही अगाडि बढाउने समेत चेतावनी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0

ताजा समाचार