बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी लामा लाई

२०८० कार्तिक २, बिहीबार

काठमाडौं : बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले पाएका छन् । 
    
प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज लामालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन्। मूख्यमन्त्री शालिकराम जम्कट्टेल व्यक्तिगत कारणले मुलुक बाहिर जाने भएकाले कार्यवाहक मूख्यमन्त्रीको जिम्मेवारी लामालाई दिइएको हो ।
    
लामालाई २०८० कात्तिक ४ गतेदेखि मुख्यमन्त्री जम्कट्टेल नेपाल नआएसम्मको लागि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए । मुख्यमन्त्री जम्कट्टेल एक साताका लागि दुबई जान लागेको स्वकीय सचिव उपेन्द्र जम्कट्टेलले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार