काठमाडौं : माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलले कम्पनीको आईपीओ आज बिहान बाँडफाँट गरेको हो ।
कम्पनीको आईपीओमा कुल ११ लाख ९० हजार २ सय ९६ जनाले आवेदन दिएका थिए । जस मध्ये ११ लाख ८५ हजार ६ सय ४२ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । यस हिसाबमा ४६ सय ५४ जनाको आवेदन रद्द भएको छ ।
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको छ । योग्य आवेदक रहेका ११ लाख ८५ हजार ६ सय ४२ जनालाई गोलाप्रथामा समावेश गराएर सेयर बाँडफाँट गरिएको हो । यस हिसाबमा गोलाप्रथाबाट १ लाख २८ हजार ४ सय २० जनाले १० कित्ताको दरले सेयर पाएका छन् । बाँकी आवेदक भने हात खाली भएका छन् ।
कम्पनीले असोज १८ गतेदेखि असोज २२ गतेसम्म आईपीओ निष्काशन गरेको हो ।





